निगमले इन्धनको भाउ यथावत् राख्ने
नेपालखोज
२०७९ फागुन १७ गते १९:५०

काठमाडाैं । नेपाल आयल निगमले इन्धनको भाउ हाललाई यथावत् राख्ने जनाएको छ । एक विज्ञप्ति जारी गर्दै निगमले भारतबाट पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटेर आए पनि ग्यासको मूल्य अत्याधिक बढेर आएकाले हाललाई इन्धनको मूल्य यथावत राख्ने जनाएको हो ।
इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ २१ पैसा, डिजेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ ५ पैसा, मट्टीतेलमा तीन रुपैयाँ ४० पैसा र हवाई इन्धनमा सात रुपैयाँ तीन पैसा घटाएर पठाएको छ । त्यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर ३३९ रुपैयाँ ६ पैसा बढेर आएको निगमले बताएको छ ।
सम्बन्धित
प्रतिक्रिया