शनिबार, असार ७, २०८२

प्रदेश १ काे नामाकरणलाई लिएर विराटनगरमा विराेध प्रदर्शन

नेपालखोज २०७९ फागुन १७ गते २०:३३

काठमाडौं । ​​​​​​​प्रदेश १ प्रदेशसभाको हलमा जारी बैठकमा प्रदेशको नामाकरणबारे छलफल चलिरहेको बेला विराटनगरका मुख्य स्थानहरूमा भने पहिचानको पक्षधरहरुले नाराबाजी गरेका छन् । उनीहरू प्रदेशसभा बैठक चलिरहेकाे हलतर्फ जान खाेजिरहेका छन् ।

लिम्बूवान किरात संयुक्त संघर्ष समितिले प्रदेशको नाम पहिचानको आधारमा राखिनुपर्ने भन्दै पहिचानरूपी झण्डा, ब्यानर र प्लेकार्ड बोकेर नाराबाजी गरेका हुन् । उनीहरुले बैठकमा छलफल भइरहेको ‘कोशी’ नामप्रति आपत्ति जनाएका छन् । उनीहरूले प्रदेशको नाम लिम्बूवान–किरात राख्नुपर्ने माग गरेका छन् । प्रदर्शनमा सयौंको संख्यामा महिला पुरुष सहभागी छन् ।

नेकपा (एमाले) सांसद रामबहादुर राना मगरले कांँग्रेस र माओवादीको केन्द्रको साथ लिएर ‘कोशी’ प्रस्ताव गरेका छन् । अहिले प्रस्तावमाथि सभामुख बाबुराम गौतमले दलीय आधारमा छलफल जारी राखेका छन् ।

नेकपा एकीकृत समाजवादी र जसपाको तर्फबाट एकीकृत समाजवादीका सांसद राजेन्द्रकुमार राईले ‘किरात–लिम्बुवान–सगरमाथा’ नाम प्रस्ताव गरेका थिए । तर आजैको बैठकले उक्त प्रस्ताव छलपलमै नलैजाने गरी अस्वीकृत गरिसकेको छ । प्रदेश नाम राख्न प्रस्ताव पेश गरेका थिए ।

यसअघि २ २ जना मुख्यमन्त्री बनेका बेला नाम पहिचानको आधारमा कि अन्यबाट भन्ने विषयमा विवाद भएकै कारण प्रदेश गठन भएको ७ वर्ष बितिसक्दा पनि यो प्रदेशले नाम पाउन सकेको छैन । अहिले प्रदेश मुख्यमन्त्रीमा एमालेबाट निर्वाचित हिक्मतबहादुर कार्की छन् ।

विराेध, नाराजुलुस हुने संभावना देखेपछि जिल्ला प्रशासन कार्यालयले सभाहल, मुख्यमन्त्रीकाे कार्यालय र निवास क्षेत्रमा अनिश्चतकालीन निषेधाज्ञा जारी गरेकाे छ ।

प्रतिक्रिया