शुक्रबार, वैशाख १२, २०८२

रोगको सम्बन्ध ग्रहसँग पनि हुन्छ ?

नेपालखोज २०७९ फागुन १८ गते ६:४४

कतिपय अवस्थामा बिरामीको लामो उपचार गराउँदा पनि राहत हुँदैन । त्यसैगरी एउटा स्वस्थ व्यक्ति एकाएक कुनै ठूलो रोगको शिकार बन्न सक्छ । यस्तो अवस्थामा, यो सबै कसरी भयो भनेर बुझ्न पनि सकिदैन ? यो प्रशङमा तपाईलाई थाहा छ मानिसको शरीरको अवस्था पनि ग्रह-दशा अनुसार नै तल माथि हुन्छ । ज्योतिष शास्त्रका अनुसार रोगहरु ग्रहसँग सम्बन्धित हुन्छन् ।

सूर्यले आँखा , चन्द्रमाले मन , मंगलले रक्तसञ्चार , बुधले हृदय , बृहस्पतिले बुद्धि , शुक्रले प्रत्येक र शनि, राहु र केतु पेटमा शासन गर्छन । आउनुहोस् कुन ग्रहले कुन रोग निम्त्याउँछ र यसको समाधानका उपाय के – के छन् ? एक नजर लगाऔं ।

सूर्यको रोग : व्यक्तिले आफ्नो विवेक गुमाउँछ । मस्तिष्क सहित शरीरको दाहिने भाग सूर्यबाट प्रभावित हुन्छ । मुखमा थुक रहन्छ । मुख र दाँतमा पीडा हुन्छ । टाउको पनि दुख्छ ।

उपचार : भगवान रामको आराधना गर्नुपर्छ । आदित्य हृदय स्तोत्रको पाठ गर्नसकिन्छ । सूर्यलाई अर्घ्य दिनु, गायत्री मन्त्र जप गर्नु पनि फाइदाजनक हुन्छ । तामा, गहुँ र गुड़ दान गर्नुपर्छ । हरेक कामको सुरुवात मिठाई खाएर गर्नुहोस् । तामाको टुक्रा काट्नुहोस् र दुई भागमा विभाजन गर्नुहोस्। एउटालाई पानीमा फ्याँकिदिनुहोस् अनि अर्कोलाई जीवनभर आफ्नो साथमा राख्नुहोस् ।

चन्द्रमाका रोग : मुख्यतया हृदय तथा शरिरको बायाँ भागसँग सम्बन्धित हुन्छ । मिरगी, पागलपन आदिले सताउन सक्छ । महिलाहरुमा महिनावारीको अवरोध देखापर्छ । स्मरणशक्ति कमजोर हुन्छ । मानसिक तनाव तथा मनमा घबराहट देखिन्छ । विभिन्न शंका अनि अनिश्चितताको भय रहन्छ । चिसो र फ्लू समेत हुनसक्छ । मनमा आत्महत्या गर्ने सोच आइरहन्छ ।

उपचार : दूध वा पानी दान गर्न निषेध गरिएको छ । धार्मिक व्यक्ति वा भिक्षुलाई दूध खुवाउनु वा दिनुहुँदैन । दक्षिणा सहित दही, चिनी, चामल, सेतो कपडा जस्ता सेता वस्तु दान गर्नुपर्छ । सोमबार ओम सोम सोमाय नम : मन्त्र जप गर्नु लाभदायक हुन्छ ।

मंगल ग्रहका रोग : आँखाका रोगहरू, उच्च रक्तचाप, गठिया, पिम्पल, चोट, ज्वरो आदिले सताउन सक्छ । शरीरमा कम्पन हुन्छ । मृगौलामा पत्थरी बन्न सक्छ । शारीरिक शक्ति घट्छ । एउटा आँखाको दृष्टि गुम्न सक्छ । शरीरका जोर्नीहरूले काम गर्दैनन् । मंगल ग्रहले रगतसँग सम्बन्धित रोगहरू निम्त्याउँछ । बच्चा जन्माउन कठिनाइ हुन्छ भने नवजात शिशुको मृत्यु सम्म हुनसक्छ जन्मेपछि ।

उपचार : तामा, गहुँ, गुड, रातो कपडा तथा सलाई दान गर्नुहोस् । तन्दुरको मीठो रोटी दान गर्नुहोस् । मुसुरीको दाल दान गर्नुहोस् । हनुमानको पूजा गर्नु , हनुमानजीलाई कपडा चढाउनु , हनुमान मन्दिरमा झण्डा दान गर्नु तथा बाँदरलाई चना ख्वाउनु लाभदायक हुन्छ । बुधको रोग: बोली तोते हुनसक्छ । गन्धको शक्ति कमजोर हुन्छ । समय भन्दा पहिले दाँतमा हानि पुग्नसक्छ । साथीभाइसँगको सम्बन्ध बिग्रनेछ । दिदीबहिनी, काका – काकीलाई विपत्ति आइपर्छ । जागिर वा व्यापारमा घाटा हुनसक्छ । यौन शक्ति कमजोर हुनेछ ।

उपचार : भगवान् गणेश र माता दुर्गाको पूजा गर्नुहोस् । कालो कुकुरलाई खाना दिनु लाभदायक हुन्छ । आफ्नो हातले गाईलाई हरियो घाँस तथा साग ख्वाउने । महिलाहरुलाई हरियो साडी तथा सुहाग सामग्री दान गर्दा पनि चमत्कारीक परिणाम देखापर्न सक्छ ।

बृहस्पतिको रोग : श्वासप्रश्वाससम्बन्धी रोग, वायुको विकार, फोक्सोमा पिडा आदि हुन थाल्छ । कुण्डलीमा गुरु-शनि, गुरु-राहु र गुरु-बुधको मिलन हुँदा दम तथा श्वासप्रश्वास सम्बन्धि रोग लाग्ने वा घाँटी, नाक वा टाउको दुख्ने हुन्छ । यसबाहेक बृहस्पतिको राहु, शनि र बुधसँगको मिलनअनुसार पनि रोग लाग्ने गर्छ ।

उपचार : केसरको टिका निधार वा नाभिमा लगाउनुहोस् । नाडीको वरिपरि पहेंलो रेशमी धागो बाँध्नुहोस् । कुनै पनि शुभ कार्य गर्नु अघि आफ्नो नाक सफा गर्नुहोस् । बेसार, दाल, काँसको पत्र, कुनै धार्मिक पुस्तक, दक्षिणा आदि दान गर्नुहोस् ।

शुक्र ग्रहका रोग : वीर्यको कमी । कुनै पनि प्रकारको यौन रोग लाग्ने वा व्यक्तिको कामवासना समाप्त हुने । औंलामा लगातार दुखाइ, छाला सम्बन्धी रोग, आन्द्राका रोगहरु, मृगौला दुख्ने, खुट्टा दुख्ने आदि ।

उपचार : हरेक दिन आफ्नो खानाको केही अंश गाईलाई दिन नबिर्सनुहोस् । ज्वार दान गर्नुहोस् । गरिब बालबालिका तथा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण । असहायको पालनपोषण, खाना दान ।

शनिको रोग : समय अगावै आँखा कमजोर हुन थाल्छ भने आँखि भौंको कपाल झर्छ । नसाको पीडा । पिडाा को कपाल समय अगावै झर्छ । फोक्सो खुम्चिन थाल्छ र पछि गएर सास फेर्न गाह्रो हुन्छ । हड्डी कमजोर हुनुका साथै जोर्नी दुख्ने समस्या पनि हुन्छ । रगतको कमी तथा रगतमा दुर्गन्ध । पेटको रोग वा पेट फुल्ने । टाउकाको नसाहरूमा तनाव । अनावश्यक चिन्ता र घबराहट ।

उपचार : कागलाई दैनिक रोटी ख्वाउनुहोस । तेलमा आफ्नो अनुहार हेरेर त्यो तेल दान गर्नुहोस् । फलाम, कालो दाल, कोइला, तिल, जौ , कालो वस्त्र , छालाका सामान , कालो तोरी आदि दान गर्नुहोस् ।

राहुका रोग : पेटको रोग , बवासीर , पागलपन आदि । निरन्तर मानसिक तनाव रहनेछ । नङ आफै फुट्ने – टुक्रने हुन्छ । मस्तिष्कमा पीडा रहन्छ । अचानक कुनै ठुलो रोग लाग्न सक्छ भने अचानक मृत्यु पनि हुन्छ ।

उपचार : दुर्गा, शिव र हनुमानको पूजा गर्नुहोस् । कुनै पनि हनुमान मन्दिर वा कुनै पनि पूजा स्थलमा तिल, जौ दान गर्नुहोस् । सुत्दा टाउकोको नजिक एउटा पत्रमा पानी राखेर बिहान रुखमा हाल्नुहोस् । यो प्रयोग ४३ दिनसम्म गर्नुपर्छ ।

केतुको रोग : पिसाबको रोग । सन्तानको जन्ममा अवरोध । टाउकाको कपाल झर्छ । शरीरको स्नायु कमजोर हुन्छ । छाला सम्बन्धि रोग । कानमा सम्स्या वा सुन्न सक्ने क्षमता कमजोर हुन्छ । कान, मेरुदण्ड, घुँडा, लिंग, जोर्नी आदिमा समस्या देखा पर्छ ।

उपचार : दुर्गा, शिव तथन हनुमानको पूजा गर्नुहोस् । सुत्दा टाउकाको छेउमा पानी राखेर बिहान रुखमा चढाउनुहोस् , यो प्रयोग ४३ दिनसम्म गर्नुपर्छ ।

प्रतिक्रिया