बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

नेपालखोज २०७९ फागुन १८ गते ११:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिबारको विनिमय दर सार्वजनिक गरेको छ। बिहिबार अमेरिकी डलरको भाउ २६ पैसाले ओरालो लागेको छ । आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३१ पैसा कायम गरिएको छ। यसअघि बुधबार अमेरिकी डलरको खरिदमूल्य १३१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५७ पैसामा कारोबार भएको थियो

नेपाल राष्ट्र बैंकका अनुसार बिहिबार युरोपियन युरो एकको खरिददर १४० रूपैयाँ २८ पैसा र बिक्रीमा १४० रूपैयाँ ९२ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २३ पैसाले बढेको छ । बुधबार युरोको खरिदमूल्य १४० रूपैयाँ ५ पैसा र बिक्रीमा १४० रूपैयाँ ६९ पैसा कायम गरिएको थियो ।

त्यसैगरी, बिहिबार अष्ट्रेलियन डलर एकको खरिदमा ८९ रूपैयाँ ३ पैसा र बिक्रीमा ८९ रूपैयाँ ४३ पैसा तोकिएको छ। बुधबार अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रूपैयाँ ८५ पैसा र बिक्रीमा ८९ रूपैयाँ २५ पैसामा कारोबार भएको थियो ।

यस्तै, बिहिबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिदमूल्य १५८ रूपैयाँ ३७ पैसा र बिक्रीमूल्य १५९ रूपैयाँ ९ पैसा तोकिएको छ। बुधबार भने बेलायती पाउण्ड स्टर्लिङको खरिदमूल्य १५९ रूपैयाँ ७१ पैसा र बिक्रीमूल्य १६० रूपैयाँ ४४ पैसा तोकिएको थियो । बिहिबार क्यानेडियन डलर एकको खरिदमूल्य ९६ रूपैयाँ ७८ पैसा र बिक्री मूल्य ९७ रूपैयाँ २२ पैसामा कारोबार भइरहेको छ।

उता, राष्ट्र बैंकले कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ६ पैसा र बिक्रीमा ३६ रूपैयाँ २३ पैसा कायम गरेको छ भने साउदी अरेबियन एकको खरिददर ३५ रूपैयाँ १० पैसा र बिक्रीदर ३५ रूपैयाँ २६ पैसा, युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ८६ पैसा र बिक्रीमा ३६ रूपैयाँ २ पैसा तोकिएको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिदमूल्य २९ रूपैयाँ ४५ पैसा र बिक्रीमूल्य २९ रूपैयाँ ५८ पैसा तोकिएको छ भने बिहिबार कुवेती दिनार एकको खरिदमा ४२९ रूपैयाँ १६ पैसा र बिक्रीमा ४३१ रूपैयाँ ११ पैसा कायम गरिएको छ । त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४९ रूपैयाँ ३२ पैसा र बिक्रीदर ३५० रूपैयाँ ९१ पैसा तोकिएको छ ।

प्रतिक्रिया