शनिबार, वैशाख १५, २०८१

होन्डाको नयाँ बाइक मार्च १५ मा

नेपालखोज २०७९ फागुन १८ गते ११:४९

काठमाडाैं । होन्डा मोटरसाइकल एण्ड स्कुटरले नयाँ बाइक बजारमा उतार्ने तयारी गरेको छ । यो कुरा कम्पनीका भारतस्थित सीईओ तथा एमडी अत्सुशी ओगाटाले एक्टिभा एच-स्मार्ट लन्च गर्दा नै पुष्टि गरेका थिए । यसक्रममा आउने होन्डाको नयाँ बाइक १०० सीसी सेग्मेन्टको हुने बताईएको छ । कम्पनीले यो नयाँ बाइक मार्च १५ मा सार्वजनिक गर्ने जनाएको छ ।

होन्डाको नयाँ १०० सीसी बाइकले हिरोको १०० सीसी बाइक स्प्लेन्डरसँग प्रतिस्पर्धा गर्नेछ । यसबाहेक कम्पनीको नयाँ बाइकले हिरोको एचएफ डिलक्स, बजाज प्लाटिना १०० जस्ता बाइकलाई पनि चुनौती दिनेछ ।

होन्डाको यो नयाँ बाइकमा १०० सीसी इन्जिन दिइएको छ जसले ८ एचपी पावर र ८ एनएम न्यूटन टर्क जेनेरेट गर्नेछ । यो बाइकलाई एक लिटर पेट्रोलमा ६० देखि ७० किलोमिटरसम्म चलाउन सकिन्छ । यसलाई चार गियर ट्रान्समिसनका साथ प्रस्तुत गरिएको छ भने यसको अन्तर्राष्ट्रिय बजार मूल्य १ लाख देखि १ लाख १० हजार रुपैयाँसम्म हुन सक्छ । यसमा नेपाल सरकारले लिने कुनै पनि शुल्क जोडिएको छैन ।

प्रतिक्रिया