सशस्त्र प्रहरीद्वारा काठको कोईलासहित तीन वटा ट्याक्टर नियन्त्रणमा

नेपालखोज २०७९ फागुन १८ गते १४:३८

काठमाडौं । पश्चिम नवलपरासी जिल्लाको प्रतापुर गाउँपालिका ४ हर्कपुराबाट बिहिबार सशस्त्र प्रहरीले करीव १५ लाख ९८ हजार रुपैयाँ बराबरको काठको कोईला र तीन वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

भन्सार छली अवैध रुपले लु २ त १९०५, लु २ त ५४०९ र लु २ त १९११ नम्बरको ट्याक्टरमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त कोईला तथा ट्याक्टर सशस्त्र प्रहरी बल नेपाल बिओपी भुजाहाले नियन्त्रणमा लिएको हो । ट्याक्टर जाँच गर्ने क्रममा उक्त ट्याक्टरका चालक भने फरार भएका थिए ।

नियन्त्रणमा ल्याईएको कोईलासहितको तीन वटै ट्याक्टर आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको छ ।

प्रतिक्रिया