शनिबार, जेठ ४, २०८२

नेपाल ८ वर्षपछि यू-१९ क्रिकेट विश्वकपमा छनोट

नेपालखोज २०७९ फागुन १८ गते १८:०३

काठमाडौं । यूएईमाथि ७ रनको रोमान्चक जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलंकामा हुने यू-१९ विश्वकपका लागि छनोट भएको छ ।

दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेर समूहको क्रिकेट विश्वकप खेल्न लागेको हो । १९२ रनको लक्ष्य पछ्याएको युएई ४८ ओभरमा सबै विकेट गुमाएर १८४ रनमात्र बनाउन सक्यो ।

यूएईको अजमानमा टस हारेर ब्याटिङ गरेको नेपालले देव खनालको अर्धशतक सहयोगमा १९१ रनको योगफल बनाएको थियो । नेपाल ४८.५ ओभरमा अलआउट भएको हो ।

प्रतिक्रिया