अनाथालयका बालिकामाथि यौन दुर्व्यवहारका आरोपी प्रमुख चन्द जेल चलान
नेपालखोज
२०७९ फागुन १८ गते १९:०६

धनगढी । कञ्चनपुरमा यौन अनाथ बालिकाहरुमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका अनाथाालयका प्रमुखलाई जेल चलान गरिएको छ ।
यौन दूरव्यवहार कसुरमा अनुसन्धानपछि जिल्ला अदालतमा मुद्दा चलाइएका जिल्लाको भिमदत्त नगरपालिका–४का शंकर बहादुर चन्दलाई कारागार चलान गरिएको छ । चन्द कल्याण अञ्चल बाल अनाथालयका प्रमुख हुन् ।
उनले विगत एक वर्षदेखि अनाथालयभित्रै पटकपटक अनाथलयमा बस्ने वालिकालाई यौन यौन दूरव्यवहार र बलात्कार गरेको उजुरीमाथि अनुसन्धान गरेको थियो । बलात्कारबाट बालिकाको गर्भवती समेत भएको र पछि गर्भपतन समेत गराइएको अनुसन्धानमा खुलेको छ ।
उनलाई बालयौन दुरुपयोग, जबरजस्ती करणी र गर्भपत कसुरमा मुद्दामा बिहीबार कञचनपुर जिल्ला अदालतले बालयौन दुरुपयोग कसुरमा ५० हजार जरिवाना, जबरजस्ती करणी र गर्भपतन कसुरमा पुर्पक्षका लागि कारागार चलान गरिएकाे हो ।
सम्बन्धित

प्रतिक्रिया