प्रधानमन्त्रीद्वारा यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई बधाई

नेपालखोज २०७९ फागुन १८ गते २०:३१

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रीलङ्कामा हुने यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री दाहालले आज सामाजिक सञ्जालमार्फत देशको गौरव बढाउन एवं नेपालको ख्याति विश्वस्तरमा चिनाउन नेपाली खेलाडीले पुर्याएकाे योगदानको उच्च प्रशंसासमेत गरेका छन् ।

उनले भने, ‘श्रीलङ्कामा हुने यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई हार्दिक बधाई ज्ञापन गर्दै देशको गौरव बढाउन एवं नेपालको ख्याति विश्वस्तरमा चिनाउन नेपाली खेलाडीहरूले पुर्रयाएकाे योगदानको उच्च प्रशंसा गर्दछु ।’

प्रतिक्रिया