पिएनजीविरूद्ध नेपालले टस हार्‍यो, पहिले फिल्डिङ गर्ने

नेपालखोज २०७९ फागुन १९ गते १२:१६

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी आईसीसी लिग २ एक दिवसीय त्रिकोणात्मक सिरिजमा पपुवा न्यु गिनीविरुद्धको खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ ।

दुवई इन्टरनेशन क्रिकेट स्टेडियममा पीएनजीले आज टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपाल फिल्डिङमा पुगेको हो । नेपालले आजको खेलमा बलर गुलशन झाको स्थानमा भीम सार्कीलाई समावेश गरेको छ ।

यसअघि पहिलो खेलमा पीएनजीलाई ४ विकेटले हराएको नेपाली टोली लगातार दोस्रो जित हासिल गर्न चाहन्छ । शीर्ष तीनमा पर्दै सोझै एकदिवसीय विश्वकप छनोट खेल्न नेपालले बाँकी सबै ६ खेल जित्नैपर्ने दबाब छ । शीर्ष पाँचमा रहँदै एक दिवसीय मान्यता जोगाउन भने नेपालले ४ खेल जित्नुपर्ने हुन्छ ।

प्रतिक्रिया