बिहीबार, वैशाख २०, २०८१

टिसिएलले ल्यायो निःशुल्क ए.सी. सर्भिस र एक्सचेन्ज क्याम्प

नेपालखोज २०७९ फागुन १९ गते १८:१४

काठमाडौं । ओम्डियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले फागुन १५ देखि सिमित अवधिको लागि सम्पूर्ण ए.सी.का ग्राहकबर्गहरुलाई लक्षित गरी निःशुल्क ए.सी. सर्भिस र एक्सचेन्ज क्याम्प ल्याएको छ ।

यस योजना अन्तर्गत ग्राहकबर्गहरुले कुनै पनि ब्रान्डको ए.सी.मा निःशुल्क ए.सी. सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो ए.सी. साट्न चाहेमा, उक्त पुरानो ए.सी.को उचित मूल्याङकनका साथ टिसिएलको उच्च गुणस्तरिय ए.सी. सँग साट्न सक्नेछन् ।

यो सुविधा र सर्भिस लिनको लागि ग्राहकबर्गहरुले फोन नं ९८०३६२१९२४, ९८६४४७५५६९ मा अथवा इमेल मार्फत आफ्नो जानकारी रजिस्टर गराउनु पर्नेछ। र यो सुविधा ग्राहकवर्गहरुले घरमै बसि बसि लिन सक्नेछ । यस योजनामा थप सुविधा प्रदान गर्दै कम्पनीले ए.सी.को रिपेयरिङ गर्दा स्पेयर पार्टमा ५० प्रतिशतसम्म छुटका साथै नयाँ टिसिएल ए.सी. खरिद गर्दा २५ प्रतिशतसम्मको विशेष छुट प्रदान गर्नेछ । नयाँ टिसिएल ए.सी.हरुमा ५ वर्षको कम्प्रेसर वारेण्टी रहेको छ ।

प्रतिक्रिया