सदगुरु वाणी : हामीलाई कुनै पनि विश्वास-प्रणाली चाहिँदैन— हामीलाई केवल स्पष्टता चाहिन्छ

* आर्थिक प्रक्रिया तबमात्र सही अर्थमा सफल हुन्छ, जब यस धरतीका ७.९ अर्ब मानिसहरू त्यसमा कुनै न कुनै रूपमा संलग्न रहन्छन् र त्यसबाट लाभान्वित हुन्छन् ।
* तपाईंका विचारहरूको श्रृङ्खला तपाईंको रचना हो । कम्तीमा पनि तपाईंले तिनलाई यस्तो बनाउनुपर्छ, जुन तपाईं र सबैका लागि सुन्दर रहोस् ।
* जब दुई व्यक्तिहरू ऊर्जाको स्तरमा वास्तवमै जोडिन्छन्, अचानक तपाईंले देख्नुहुने छ कि उनीहरू निकै सशक्त बन्दछन् ।
* तपाईं सृष्टिको एकरूपता र एकत्वसँग जति बढी सम्पर्कमा रहनुहुन्छ, तपाईंको मन त्यति नै बढी समावेशी र तालमेलमा रहनेछ ।
* संसारमा तपाईंको नृत्य जुनसुकै रूपमा व्यक्त भएपनि, सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि तपाईंभित्र सन्तुलन रहिरहनु पर्छ । * जब तपाईं पूरै अस्तित्वलाई आफ्नो अंशको रूपमा अनुभव गर्नुहुन्छ— त्यही योग हो ।
* हामीलाई कुनै पनि विश्वास-प्रणाली चाहिँदैन— हामीलाई केवल स्पष्टता चाहिन्छ । विश्वास-प्रणालीले तपाईंलाई स्पष्टताबिनै आत्मविश्वास दिन्छ, जुन विनाशकारी हुन्छ ।
* जब तपाईं यो कुराप्रति जागरूक बन्नुहुन्छ कि समय बितिरहेको छ, तब तपाईंले यसलाई उत्तम तरिकाले उपयोग गर्नुहुने छ ।
* यदि कसैले तपाईंलाई दुष्ट व्यवहार गरे भने, पहिला प्रेमले सम्हाल्ने कोशिस गर्नुहोस् । यदि त्यसले काम गरेन भने, तीप्रति करूणा राख्नुहोस् । यदि त्यसले पनि काम गरेन भने, तीबाट टाढै रहनुहोस् ।
* मानिसमा हुने सामर्थ्य हामीले मापन गर्न सक्ने कुनैपनि एकाइमा सीमित रहँदैन । यो त्यस हदसम्म जान सक्छ, जहाँसम्म तपाईंमा अघि बढ्ने साहस हुन्छ ।
प्रतिक्रिया