शनिबार, वैशाख २२, २०८१

निजी जेट चढ्ने स्टारहरु

नेपालखोज २०७९ फागुन २० गते १४:५९

काठमाडाैं । बलिउड र साउथका ठूला स्टारहरु भिआईपी रुटबाट एयरपोर्टमा प्रवेश गर्छन् र सोही रुटबाट बाहिर निस्कन्छन् । यी मध्ये कतिपय स्टार यति धनी छन् कि उनीहरूसँग निजी जेट नै छ । जब उनीहरु आफ्नो प्राइभेट जेटका तस्विर सामाजिक संजालमा पोष्ट गर्छन् तब मानिसहरु अचम्मित हुन्छन् ।

अमिताभ बच्चन : त्यसो त अमिताभ बच्चन सादगीपुर्ण जीवन रुचाउँछन्। उनी खासै शो-अप गर्दैनन् । यद्यपि उनको आफ्नै निजी जेट छ, जसको मूल्य २६० करोड रुपैयाँ छ ।

अजय देवगन : अजय देवगन बलिउडका ति कलाकार मध्ये एक हुन् जसको आफ्नै निजी विमान छ । उनको हकर ८०० सिक्स सिटर विमानको मूल्य करिब ८४ करोड रुपैयाँ छ ।

अक्षय कुमार : अक्षय कुमारले परिवारका साथ विदेशमा बिदा मनाउँदै आएका छन् । उनीसँग निजी जेट भएको खबर पनि आएकोल थियो। यद्यपि अक्षयले त्यसलाई अस्वीकार गरे तर एक वर्षमा चारवटा फिल्म गर्ने यी स्टारसँग निजी विमान छैन भन्ने कुरा कसैले पत्याउँदैनन ।

ऋतिक रोशन : ऋतिक रोशनसँग पनि निजी विमान छ । उनी यहि बिमानमा परिवारसहित विदेश जान्छन् । उनले यो बिमान आफ्नो निजि काममा प्रयोग गर्दै आएका छन ।

सैफ अली खान : नवाब परिवारका सैफ अली खानले सन् २०१० मा निजी विमान किनेका थिए जसमा उनी परिवार तथा साथीभाइसँग छुट्टी मनाउन जान्छन् ।

शाहरुख खान : शाहरुखको दुबईमा एउटा विलासी भिल्ला छ । उनी प्राय: विदेश गैरहन्छन् । सुटिङका ​​लागि जहाँ जानुपर्दा पनि उनि निजी विमान प्रयोग गर्छन् ।

यी स्टारहरूसँग पनि छ निजी विमान

बलिउडका अनिल कपूर, सलमान खान, माधुरी दीक्षित, सनी लियोन तथा शिल्पा शेट्टी कुन्द्रासँग पनि निजी विमान छन् । दिलजीत दोसांझ पहिलो गायक हुन् जसले सन् २०१७ मा ट्वीटरमा निजी जेट किनेको खबर सेयर गरेका थिए । बलिउड स्टार मात्र होइन दक्षिण भारतिय चलचित्रका ठुला कलाकारहरु सँग पनि निजी विमान छन् । नागार्जुन, महेश बाबु, अल्लु अर्जुन, रामचरण, जूनियर एनटीआर, पवन कल्याण , प्रभास जस्ता साउथका स्टारहरूसँग पनि आफ्नै निजी विमान छन्।

प्रतिक्रिया