शनिबार, जेठ ४, २०८२

सहिद स्मारक ‘ए’ डिभिजन लिग : आज तीन खेलहरु हुँदै

नेपालखोज २०७९ फागुन २१ गते ८:४७

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज तीन खेलहरु हुँदैछ । लिग अन्तर्गत आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेल हुनेछ । एक खेल च्यासल मैदानमा हुनेछ ।

दशरथ रंगशालामा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र संकटाबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ । दशरथ रंगशालामा हुने दोस्रो खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । मछिन्द्र र जावलाखेलबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ । च्यासल मैदानमा हुने एक मात्र खेलमा न्युरोड टिम एनआरटी र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

एनआरटी र सातदोबाटोबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ । तीन मैदानमा जारी यस सिजनको शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा भइरहेको छ । लिग यस पटक दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ । यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछ । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । फेयर प्ले टोलीले ३ लाख पाउने छन् ।

प्रतिक्रिया