बोतलमा पानी कति हानिकारक ?

नेपालखोज २०७९ फागुन २१ गते ९:२१

तिर्खा लाग्दा हामी पसलबाट पानीको बोतल किन्छौं । त्यसैगरी गर्मीमा पनि हामी प्लाष्टिकको बोतलमा पानी भरेर फ्रिजमा राख्छौँ । व्यायाम गर्न जिम जाँदा पनि धेरैले प्लास्टिकको बोतलमा पानी बोक्छन् । तर के तपाईंलाई थाहा छ प्लास्टिकको बोतलमा लामो समयसम्म पानी राख्दा हाम्रो स्वास्थ्यमा ठूलो हानि पुग्न सक्छ ।

एक अनुसन्धानमा यस विषयमा चकित पार्ने खुलासा भएको छ । युनिभर्सिटी अफ सिनसिनाटी, अमेरिकाको अनुसन्धानका अनुसार प्लास्टिकको बोतलमा बिस्फेनोल ए (बीपीए) नामक रसायन हुनुका साथै हानिकारक रसायन तथा ब्याक्टेरिया पाइन्छ । यसले मधुमेह र क्यान्सर जस्ता खतरनाक रोगहरू निम्त्याउन सक्छ । प्लास्टिक एक पोलिमर हो । यो कार्बन, हाइड्रोजन, अक्सिजन तथा क्लोराइड मिलेर बनेको हुन्छ । यदि यसमा भएको केमिकल तथा पोलिमरमा पाइने तत्वहरू शरीरमा प्रवेश गरे फरक रासायनिक प्रतिक्रिया हुन्छ र त्यस्तो प्रतिक्रिया शरीरमा धेरै रोगहरूको कारण बन्छ ।

हार्मोनल असन्तुलन : न्युयोर्क युनिभर्सिटीको एक अनुसन्धानमा ५ हजार मानिसमाथि अध्ययन गरिएको थियो । ती ५ हजार मानिसले प्लास्टिकको बोतल प्रयोग गरेका थिए । उनीहरुको पिसाब परीक्षणले धेरैजसो मानिसमा हर्मोनको समस्या रहेको पत्ता लागेको थियो । यी मानिसहरू प्लास्टिक वा चिसो पेयको बोतलमा पानी पिउँथे । यसको कारण प्लाष्टिकको बोतलमा पाइने हानिकारक रसायन थियो । सिंगल यूज प्लाष्टिकको बोतलको प्रयोगले अनेकन रोग लाग्ने सम्भावना हुन्छ ।

शौचालयको भन्दा बढि ब्याक्टेरिया : अर्को अनुसन्धान अमेरिकी खेलाडीहरूले प्रयोग गर्ने बोतलमा गरिएको थियो जुन बोतलमा ती खेलाडिहरूले एक हप्तासम्म लगातार पानी पिए । ती बोतलहरूमा ट्वाइलेटको सिटभन्दा बढि ब्याक्टेरिया थिए । जसमध्ये ६० प्रतिशतमा उनीहरूलाई गम्भीर रूपमा बिरामी बनाउन पर्याप्त कीटाणु थिए ।

क्यान्सर सहित यी रोगहरुको जोखिम : अनुसन्धान अनुसार प्लास्टिकको तापक्रम बढेपछि ‘डाइअक्सिन’ नामक रसायन निस्कन्छ । अत्यधिक विषाक्त भएकाले यो स्तन क्यान्सर तथा PCOS को कारक बन्छ ।

शुक्राणु कम हुन्छ : प्लास्टिकमा फथलेट हुन्छ जसले कलेजोको क्यान्सरको जोखिम बढाउँछ । यस सँगै शुक्रकीटको संख्या पनि घट्छ । कब्जियत तथा पेटमा ग्यास : प्लास्टिकमा पाइने रसायनका कारण कब्जियत, ग्यास तथा आन्द्राको समस्या पनि हुन सक्छ।

प्रतिक्रिया