होलिका दहनको खरानी पनि उपयोगी

भनिन्छ होलिका दहनको खरानी निकै लाभदायक हुन्छ । होलिका दहनको खरानीलबाट केही विशेष उपाय गर्नाले भाग्य चम्किन्छ अनि माता लक्ष्मीको कृपा प्राप्त गर्न सकिन्छ । घरको सुख-शान्तिमा खलल परेको छ, घरपरिवारमा मनमुटाव छ भने होलिका दहनको भोलिपल्ट बिहान घरको हरेक कुनामा थोरै खरानी छर्किनुपर्छ ।
बिहान कसैले नदेख्ने गरि यो उपाय अपनाए घरको समस्या हट्नेछ भने आपसी सदभाव कायम रहन्छ । राहु-केतुको समस्याले हैरान हुनुहुन्छ वा शनिको महादशाका कारण काम बिग्रँदै गएको छ भने एक मुठी होलिकाको खरानी शिवलिंगमा चढाउनुहोस् । यसो गर्दा दाम्पत्य जीवनमा सुख एवं व्यापार तथा काममा आउने बाधा नाश हुनेछ । होलिका दहनको खरानीलाई रातो कपडामा तामाको सिक्कासहित बाँधेर घरमा राख्ने ।
यसबाट घरमा आशिर्वाद कायम रहने जनविश्वास छ । परिवारलाई दुष्ट शक्तिबाट जोगाउन होलिका दहनको खरानी होलिका दहनको भोलिपल्ट बिहान घरमा ल्याइन्छ । यसमा नुन र तोरी मिसाएर घरको गोप्य स्थानमा राख्नुस् । यदि कसैको आँखामा खराबी छ भने यो खरानीलाई टाउकोबाट सात पटक निकालेर चोकमा फाल्ने । रोग लागेका व्यक्तिले एक महिना अर्थात् अर्को पूर्णिमासम्म हरेक दिन निधारमा होलिकाको खरानीको टीका लगाउने ।
भनिन्छ यसको प्रभाव चाँडै देखिन थाल्छ। नवग्रहको दुष्प्रभावबाट जोगिन नुहाउने पानीमा होलिका दहनको खरानी मिसाएर स्नान गर्नुपर्छ । यसले मानसिक, आर्थिक र शारीरिक रूपमा फाइदा पुर्याउँछ । यसलाई पोका पारेर पसलको मुख्य ढोकामा टाँग्दा व्यापारमा लाभ मिल्छ ।
प्रतिक्रिया