बिहीबार, असार १२, २०८२

केवल १० वटा एपले खाए विश्वको आधा डाटा

नेपालखोज २०७९ फागुन २१ गते ९:४९

डिजिटल संसारको अनुगमन गर्ने संस्था स्यान्डवाइनले संसारमा कुन एपले कति डाटा खपत गराइरहेको छ भन्ने कुरा बताएको छ । संसारमा खपत हुने आधा इन्टरनेट डाटा दशवटा एपका लागि मात्र खर्च भइरहेको छ ।

स्यान्डवाइनको रिपोर्ट भन्छ – ५०.२ प्रतिशत डाटा यी दशवटा एप्सका लागि मात्र प्रयोग गरिन्छ ।

शीर्षमा नेटफ्लिक्स : रिपोर्ट अनुसार २०२२ मा नेटफ्लिक्सले विश्वको कुल डाउनस्ट्रीम ट्राफिकको १४.९ प्रतिशत प्राप्त गर्यो ।

यो सूचीमा युट्युब दोस्रो नम्बरमा छ जसका लागि ११.६ प्रतिशत डाटा प्रयोग भएको छ ।

यद्यपि युट्युब पहिले नेटफ्लिक्स भन्दा धेरै अगाडि थियो ।

डिज्नी (४.५ प्रतिशत),

टिकटक (३.९ प्रतिशत) तथा प्राइम (२.८ प्रतिशत) पनि सबैभन्दा बढी इन्टरनेट प्रयोग गर्ने दश एप हुन् ।

फेसबुक शीर्ष १० मा रहेको एक मात्र सामाजिक सञ्जाल एप हो जसले इन्टरनेट डाटाको ठूलो हिस्सा प्राप्त गरिरहेको छ । कुल डाटाको २.९ प्रतिशत यो एपमा खर्च भएको छ ।

प्रतिक्रिया