शनिबार, असार ७, २०८२

आठ दलीय गठबन्धनको बैठक बस्दै

नेपालखोज २०७९ फागुन २१ गते १०:१९

काठमाडौं । आठदलीय गठबन्धनको बैठक आइतबार अपरान्ह ४ बजेका लागि बालुटारमा बोलाई को छ । फागनु २५ मा हुने राष्ट्रपतिको निर्वाचनलाई कन्द्रमा राखेर बैठक बोलाएको बताइएको छ । बैठकमा अन्य विषयहरुमा पनि छलफल हुनेछ ।

राष्ट्रपति निर्वाचनबारे भइरहेका प्रगति र सबै दलमा कस्तो अवस्था रहेको छ भनेर बुझ्न र थप आवश्यक कार्यहरु कसरी सम्पन्न गर्ने भनेबोर छलफल गर्न आज गठबन्धनको बैठक बोलाइएको एक नेताले जानकारी दिए । बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

बैठकले पछिल्ला राजनीतिक घटनाक्रमसँगै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन प्रधानमन्त्रीले लिने विश्वासको मत र मन्त्रिपरिषद विस्तारमा कसरी सहमतिका साथ अगाडी जाने भन्ने खाका तयार गर्ने बताइएको छ । प्रधानमन्त्री प्रचण्डले अहिलेदेखि नै मन्त्रिपरिषद विस्तारकाबारे दलहरुसँग छलफल सुरु गरिसकेकका छन् ।

प्रतिक्रिया