३० अंकले नेप्से घट्दा एक अर्ब ३९ करोडको काराेबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नैं नेप्से घटेको छ । नेप्से आज ३० दशमलव ७७ अंकले घटेर १९ सय ३८ दशमलव २५ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ८६ अंकले घटेर तीन सय ६८ दशमलव ७० अंकमा झरेको छ । दुई सय ५९ वटा कम्पनीहरुको ३० हजार नौं सय तीन पटकको कारोबारमा ३८ लाख ३२ हजार चार सय ५९ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब ३९ करोड २३ लाख ५४ हजार आठ सय ९३ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहहरुको कारोबार भएकोमा १३ वटै समूहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । जसमध्ये वाणिज्य बैक समूहको सूचक १२ दशमलव शून्य आठ प्रतिशतले घटेर १२ सय ८५ दशमलव शून्य आठ अंकमा झरेकोमा विकास बैंक समूहको सूचक ४९ दशमलव ४० अंंकले घटेर तीन हजार पाँच सय छ दशमलव ६२ अंकमा झरेको छ ।
यसैगरी जलविद्युत विद्युत समूहको सुचक पनि ५३ दशमलव चार अंकले घटेर २४ सय ६३ दशमलव ७१ अंकमा झरेकोमा जीवन बिमा समूहको सूचक पनि एक सय ७३ दशमलव ३४ अंकले घटेर नौ हजार सात सय तीन दशमलव एक अंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक पनि ६३ दशमलव ९५ अंकले घटेर आठ हजार छ सय २३ दशमलव ८८ अंकमा झरेकोमा फाईनान्स, होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समूहको सूचक पनि घटेका छन् ।
नेप्सेमा आज सुपर मोदी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर तीन सय २८ रुपैंयाँ ९० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा सामलिङ पावर लिमिटेडको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले घटेर पाँच सय १३ रुपैयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ । यसैगरी आज हिमालयन डिष्ट्रिलरी प्रालीको प्रतिकित्ता दुई हजार ९४ रुपैंयाँ अन्तिम मुल्यमा आठ करोड ४४ लाख १८ हजार चार सय ५२ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।
प्रतिक्रिया