‘राजनीतिक स्थायित्व र लोकतन्त्रका विषयमा कांग्रेससँग सहकार्य हुनसक्छ’

नेपालखोज २०७९ फागुन २२ गते १८:०१

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर राजनीतिक स्थायित्व र लोकतन्त्रको रक्षाका विषयमा नेकपा एमालेको नेपाली कांग्रेससँग सहकार्य हुनसक्ने संकेत दिएका छन् ।

राष्ट्रपति निर्वाचनको मुखमा आएर अध्यक्ष ओलीले कांंग्रेससँग एमालेको सहकार्य हुनसक्ने संकेत दिएका हुन् । उनले राष्ट्रिय स्वार्थका विषयमा एक धारणा हुनुपर्ने सर्त पनि राखेका छन् ।

सोमबार पार्टी मुख्यालय च्यासलमा एमाले प्रदेश तथा प्रतिनिधिसभाका सांसद्हरूलाई प्रशिक्षण दिँदै ओलीले कांग्रेससँग हुनसक्ने सहकार्य व्यक्तिगत नभई राष्ट्रिय स्वार्थका लागि मात्र हुने दाबी गरेका छन् । उनले लोकतन्त्रको रक्षा गर्ने सर्तमा एमाले कांग्रेससँग सहकार्य गर्न तयार रहेको बताए । एमाले नेताहरुले राष्ट्रपतिको निर्वाचनपछि देशको राजनीतिक परिस्थिमिा परिवर्तन आउन भन्दै सार्वजनिक मन्तव्य दिइरहेका बेला ओलीको यस्तो भनाइ आएको हो ।

ओलीले पुष १० सहमति विपरित नयाँ गठबन्धन बनेपछि नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताको लागि भन्दै प्रस्ताव पनि पठाएका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता गराउन एमालेका शीर्ष तहका नेताहरु लागिरहेका छन । तर, उनीहरुको भेट अहिलेसम्म भएको छैन् । नेकपा माओवादीसँग सुधारिएको सम्बन्धमा फेरी टकराव आएपछि ओलीले नेपाली कांगे्रससँग हुनेसक्ने बताएका हुन् ।

प्रतिक्रिया