शनिबार, असार ७, २०८२

राष्ट्रपतिमा आफूलाई सहयोग गर्न पौडेलको राप्रपालाई आग्रह

नेपालखोज २०७९ फागुन २२ गते २०:११

काठमाडौं । गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार बनेका रामचन्द्र पौडेलले आफूलाई सहयोग गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आग्रह गरेका छन् ।

राप्रपाको कार्यालयमा पुगेर पौडेलले आफू लोकतन्त्रको रक्षाका लागि राष्ट्रपतिको उम्मेदवार बनेको भन्दै सहयोगको आग्रह गरेका हुन् ।

उम्मेदवार पौडेललाई नेकपा माओवादी केन्द्रसहितका १० दलको समर्थन छ ।

प्रतिक्रिया