यी महिलाहरूले नारीवाद आन्दोलनलाई आवाज दिए

काठमाडाैं । हामिले फेमिनिस्ट शब्दको प्रयोग धेरै सुनेका छौं तर के हामिलाई ती महिलाहरूका बारेमा जानकारी छ। जसले यो शब्दलाई वास्तविक अर्थ दिएका छन् ।
ति नारीवादी आन्दोलनका स्वरमा एक नजर
ओलम्पे डे गोज(१७४८–१७९३): फ्रान्समा महिला अधिकारका लागि आवाज उठाउने ओलम्पे डे गोजले सन् १७९१ मा महिलाहरू स्वतन्त्र रूपमा जन्मिन्छन् र उनीहरूलाई पनि पुरुष सरह समान अधिकार हुनुपर्छ भन्ने कुरा लेखेकि थिईन।
सोजर्न टूथ (१७९७ – १८८३) : सोजर्नले अमेरिकामा दासत्वबाट पीडित मानिसहरूको अधिकारका लागि काम गरेकि थिईन । सोजोर्नले महिला अधिकारका लागि तथा पीडित महिलाको अवस्था सुधार गर्न आवाज उठाईन ।
लुइस अटो-पिटर्स (१८१९–१८९५) : जर्मनीमा महिला अधिकारका संस्थापक मानिने लुइजले राज्यका गतिविधिमा महिलाको संलग्नता अधिकार मात्र नभएर कर्तव्य पनि भएको बताइन् ।
हेडविस डोम (१८३१–१९१९) : हेडविस जर्मनीको नारीवादी आन्दोलनकि कट्टर समर्थक थिईन । उनि मानव अधिकार सबैका लागि समान छन् र लैङ्गिक आधारमा उनिहरु प्रती कुनै विभेद गर्न सकिँदैन भन्ने विश्वास गर्थिन ।
एमिली डेभिसन (१८७२–१९१३) : बेलायतमा महिलाको मताधिकारका लागि आवाज उठाउने एमिलीलाई आठ पटक पक्राउ गरिएको थियो । एमिली १९०३ मा गठन भएको महिला सामाजिक तथा राजनीतिक संघको सदस्य थिइन् ।
सिमोन डे बेउहार्नेस (१९०८-१९६८) नारीवादी आन्दोलनको उल्लेखनीय रचना मानिने ‘द सेकेन्ड सेक्स’ कि लेखिका सिमोनले महिला अधिकारको कडा समर्थन गरिन् ।
बेट्टी फ्राइडन (१९२१–२००६) : अमेरिकी नारीवादी आन्दोलनमा सक्रिय भूमिका खेल्ने बेट्टीले आफ्ना लेखहरूमा आमा र गृहिणीका रूपमा महिलाको सीमित भूमिकाको आलोचना गरेकी छिन्।
जुडिथ बटलर (१९५६) : अमेरिकाकि नारीवादी दार्शनिक जुडिथ बटलरलाई सन् १९९० मा उनको पुस्तक ‘जेन्डर ट्रबल’का लागि सम्झिईन्छिन् ।
मोजन हसन (१९७९) : मोजन हसन र उनको संस्था नजरा इजिप्टमा सन् २००७ देखि महिला अधिकारका लागि लडिरहेको छ । हसनलाई २०१६ मा राइट लाइभलीहुड अवार्डबाट सम्मानित गरिएको थियो, जसलाई वैकल्पिक नोबेल पुरस्कार पनि भनिन्छ।
लौरी पेनी (१९८६): बेलायतकी लौरी पेनीलाई समकालीन नारीवादीहरू मध्ये एक मानिन्छ। उनको कृति “मासुको बजार” र “अनस्पीकबल थिंग्स” ले सेक्सको नाममा महिलामाथि हुने दमनको आलोचना गर्दछ।
मार्गरेट स्टोकोव्स्की (१९८६) : जर्मनीकी मार्गरेटले आफ्नो पहिलो पुस्तक ‘अनटेनेरम फ्रे’ मा समाजले लैङ्गिक आधारमा दिएको भूमिकामाथि प्रश्न उठाएकी छिन् । यससँगै उनले सानो स्वतन्त्रता पनि ठूलो स्वतन्त्रतासँग जोडिएको कुरामा जोड दिएकि छिन ।
प्रतिक्रिया