शुक्रबार, वैशाख १२, २०८२

कस्ता हुन्छन् तुला राशिका मानिसहरु ?

नेपालखोज २०७९ फागुन २३ गते ९:२२

ज्योतिष शास्त्र अनुसार राशिफल भविष्यवाणीको राम्रो विधि हो । जोतिषीहरु भन्छन् , जीवनमा कुनै महत्त्वपूर्ण काम गर्नु छ भने पहिले राशिफल हेराउनु उचित हुन्छ । कतिपय व्यक्तिको जीवनसँग राशिफल मिल्छ त्यसैले उनीहरू दैनिक राशिफल हेर्छन् भने, कसैले यसको वास्ता गर्दैनन् ।

राशिबाट मानिसको भाग्य मात्र होइन उसको स्वभाव, चरित्र लगायतका धेरै कुरा आङ्कलन गर्न सकिन्छ । राशिमा आधारित भएर मानिसको प्रेम जीवन, शुभ-अशुभ कुराहरू समेत निर्धारण गरिन्छ । वास्तवमा राशि मानिसको समग्र व्यक्तित्वको ऐना हो । राशिको सही र सटिक फलका लागि आफ्नो जन्म मिति , समय र स्थान एकदम सही हुन जरुरी छ भने कतिपय कुरा राशिमा भए पनि आफ्नो चिनाका अनकन कुरामा भर पर्छ । यसै गरी राशिफल हेर्नेको ज्ञान र मेहनतमा पनि यसको सटिकता निर्भर गर्छ । सार्वजनिक माध्यममा आउने राशिफल जनरल हुने र लाखौँ मानिसका लागि एउटै कुरा भनिने हुँदा सबै कुरा म्याच नहुनु वा नगर्नु स्वभाबिक हो ।

तुला राशि भएका व्यक्ति हरू कस्तो हुन्छन् त ? (नवीन चिन्तन, परीक्षण र भोग विलासिता मन पराउने गर्दछन्) तुला राशिलाई शुक्रको धेरै प्रभाव परेको हुन्छ, उनीहरूको अनुहारमै आकर्षण रहेको हुन्छ । यिनीहरू जति नै धैर्यता हुन्छन् तेतिनै कठोर पनि हुन्छन् । उनीहरू समान व्यवहार मन पराउने गर्दछन् र सबैलाई साथमा लिएर हिँड्ने प्रवृत्ति स्वभावका कारण सबैसँग समान व्यवहार गर्दछन्, उनीहरू भोगबिलाशी धेरै मन पराउदछन ।

उनीहरू सङ्गीत, गायन, नृत्य, अभिनय आदि विषय मन पराउँछन् र यस्ता व्यक्तिका गुण पनि यस लग्नमा जन्म लिने व्यक्तिमा विद्यमान हुन्छ । उनीहरू हरेक कुरामा धेरै नै सोखिन हुने गर्दछन् । आनन्दमय जीवन बिताउन मन पराउँछन् । उनीहरूमा कामवासना अनि धेरै नै रहेको हुन्छ । उनीहरूको केटा भए केटी साथी र केटी भए केटा साथीहरू धेरै हुन्छन् ।

उनीहरू जस्तो सुकै वातावरणमा पनि सजिलै घुलमिल हुन सक्दछन् । उनीहरूको सोचाइ बोलाई हेराइ बेग्लाई किसिमको हुन्छ, उनीहरू एकै ठाउँमा अडिक भएर बस्न सक्दैनन्, उनीहरू जवाफ फर्काउन माहिर हुन्छन् । उनीहरू आदर्शवादी पनि हुन्छन्, उनीहरू आफ्नो पहिरनमा पनि विशेष ध्यान दिनी हुन्छन् । उनीहरूको योजना कति बेला के हुन्छ भनिन् थाहै हुँदैन। उनीहरू न्यायबादी र कोही मन परेन भने निकै घृणा गर्नी खालका पनि हुन्छन् । यिनीहरूमा धेरै किसिमका कलाहरू हुन्छन्, यिनीहरुमा कला, नक्कल, औषधी वा डाक्टरी, नित्य, गुप्तचर आदिमा निपुण हुन्छन्, तुला राशिलाई मीन राशि शत्रु राशि हो।

उनीहरू सत्यवादी, सत्य गुणी, भ्रमणशील, तिष्णबुद्धी भएका हुन्छन्, उपन्यास, नाटक धेरै मन पराउदछन। उनीहरू तर्क वितर्क गर्न सिपालु हुन्छन्, उनीहरू आफ्नो मित्र हरुलाई हत्तपत्त विश्वास गर्दैनन् । कुनै बेला यिनीहरूलाई आफ्नै घमन्डले गर्दा पछि पारी रहेको हुन्छ, तुला राशिलाई धेरै जसो रुवा र ज्वरो ले सताउने गर्दछ, तुला राशिलाई राम्रो बार बुधवार, शुक्रवार र शनिवार हो, शुभ रत्न हिरा, पन्ना र निलम हो।

प्रतिक्रिया