शनिबार, जेठ ४, २०८२

सहिद स्मारक ’ए’ डिभिजन लिग : आज दुईवटा खेल हुँदै

नेपालखोज २०७९ फागुन २३ गते १२:३४

काठमाडाैं । सहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुईवटा खेल हुँदैछन् । आजका खेलहरु च्यासल र एन्फा मैदानमा हुने छन् ।

एन्फा कम्प्लेक्समा चर्च ब्वाइज युनाईटेड र एफसी खुमलटार भिड्ने छन् । चर्च र खुमलटारबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।

यस्तै, च्यासल मैदानमा फ्रेन्ड्स क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।

फ्रेन्ड्स पहिलो जितको खोजीमा रहेको छ । थ्री स्टार पनि पहिलो जितको योजनामा रहेको छ । फ्रेन्ड्सले पहिलो खेलमा खुमलटारसँग हार व्यहोरेको थियो । थ्री स्टार एपीएफ क्लबसँग पराजित भएको थियो ।

प्रतिक्रिया