प्रधानमन्त्रीवविरूद्धको मुद्दा शान्ति सम्झौता बिथोल्ने षडयन्त्र : प्रवक्ता शर्मा

काठमाडौं । नेपाल सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विस्तृत शान्ति सम्झौता बिथोल्ने षडयन्त्र भइरहेको बताएकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पक्राउ गरेर मुद्दा चलाउन गरिएको मागदाबी रिट निवेदन सर्वोच्च अदालतमा दायर हुनुमा षडयन्त्रको आशंका गरेकी छन् ।
धादिङको गल्छीमा मंगलबार आयोजित सामुदायिक रेडियोको प्रतिनिधिहरुको सम्मेलनलाई सम्बोधन गर्दै द्वन्द्वकालीन न्याय प्रक्रिया टुंग्याउन सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिकको खोजीसम्बन्धी गठित आयोगले काम गरिरहेको बेला मुद्द दायर हुनुले मुलुकमा अशान्त र बिग्रह चाहने तत्वहरू सक्रिय भएको बताइन् ।
सरकार यस विषयमा अन्त्यन्त संवेदनशील र गम्भीर रहेको बताइन् । शान्ति प्रक्रियासँग सम्बन्धित विधेयकलाई अघिल्लो संसदमा टेबल गरिएको र पछि दुई–चार दिनको लागि भनेर समितिमा लगिएको उक्त विधेयक संसद विघटन भएपछि विधेयक अलपत्र परेको उनले जानकारी दिइन् ।
उनले अहिलेको सरकारको प्राथमिकतामा संक्रमणकालीन न्याय प्राथमिकतामा रहेको बताउँदै मत्री शर्माले भनिन्, ‘यही अधिवेशनमै संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संसदमा लैजाने र सम्मानित सर्वोच्च अदालत गरेको फैसलालाई पनि कार्यान्वयन गर्नेछौं ।’
अधिवक्ता ज्ञानेन्द्र आरन र रामेछापका कल्याण बुढाथोकीले मुद्दामा तत्कालीन जनयुद्धमा मारिएका झण्डै १७ हजारमध्ये ५ हजारको जिम्मा आफूले लिने भनी २०७६ को माघी पर्वमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले बोलेको भिडियो क्लिपलाई प्रमाणको रुपमा पेस गर्दै प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाउन माग गरेका मुद्दा आजै मात्र सर्वोच्च अदालतमा दर्ता भएको छ । मुद्दामा बिहीबार सुनुवाइ हुने भएको छ ।

प्रतिक्रिया