के अन्तर्राष्ट्रिय पुरुष दिवस पनि मनाइन्छ ?

नेपालखोज २०७९ फागुन २४ गते ८:३०

हो , मनाईन्छ । महिला दिवस जस्तै नोभेम्बर १९ मा मनाइने अन्तर्राष्ट्रिय पुरुष दिवस पनि छ । यद्यपि यो दिवस मनाउने चलन धेरै पुरानो होईन । सन् १९९० को दशकमा अन्तर्राष्ट्रिय पुरुष दिवस मनाउन थालिएको हो भने यसलाई अहिलेसम्म संयुक्त राष्ट्र संघले मान्यता दिएको छैन । बेलायतलगायत विश्वका ८० भन्दा बढी देशका मानिसले अन्तर्राष्ट्रिय पुरुष दिवस मनाउँछन्।

अन्तर्राष्ट्रिय पुरुष दिवसका आयोजकहरूका अनुसार यो दिन ‘पुरुषहरूले आफ्नो परिवार र समुदायमा पुर्‍याउने सकारात्मक योगदान तथा मूल्यहरू’ का लागि उत्सव मनाइन्छ । यो दिवसले सकारात्मक पुरुष रोल मोडलहरूका बारेमा विश्वमा चेतना फैलाउने उद्देश्य राखेको छ । यो दिवस मनाउनुको एउटा उद्देश्य महिलाहरुको उत्थानका लागि महिला र पुरुषबीचको सम्बन्ध सुधार गर्नुपर्छ भन्ने पनि हो ।

पुरुषहरूसँग सम्बन्धित रोचक तथ्यहरू जान्नुहोस्

  • महिलाहरू धेरै बोल्ने हुन्छन्, तर पुरुषहरू दिनमा लगभग २०००हजार शब्दहरू बोल्छन्।
  • महिलाको तुलनामा पुरुषलाई चिसो कम लाग्छ ।
  • पुरुषको अधिकांश बोसो पेटमा जम्मा हुन्छ । जहाँ महिलाको सम्पूर्ण शरीर प्रभावित हुन्छ ।
  • पुरुषलाई हृदयघातको उच्च जोखिम हुन्छ । किनकी महिलाहरु रोएर आफ्नो मन हलुका बनाएका हुन्छन् तर पुरुषले यो गर्न सक्दैनन्।
  • पुरुषहरू धेरै लक्ष्य उन्मुख छैनन्।
  • पुरुष पनि मानसिकताको शिकार हुन्छन् ।
  • महिलाजस्तै पुरुषहरू पनि मानसिक, तनाव, सामाजिक समस्या, दुर्व्यवहार, शोषण, असमानता र कहिलेकाहीं हिंसाका सिकार हुन्छन् ।

प्रतिक्रिया