बिहीबार, वैशाख ६, २०८१

मलाइकाले शेयर गरिन आफ्नो लकडाउन मूड्स, तस्वीर सामाजिक संजालमा भाइरल

नेपालखोज २०७७ जेठ २० गते १४:५९

एजेन्सी । लकडाउनमा मलाइका अरोड घरभित्रै आफ्ना छोरा अनि आफ्नो प्रिय कुकरसंग समय बिताइरहेकी छिन् । मलाइका सामाजिक सञ्जालमा निकै सक्रिय छिन् ।

उनि सामाजिक संजालमा निरन्तर आफ्ना आर्कषक तस्वीरहरु पोष्ट गर्ने गर्छिन् । मलाइका फिटनेस अनि आफ्नो स्किनको पनि उत्तिकै ध्यान दिने गर्छिन् ।

मलाइका आफ्नो जिम लुकका कारण पनि निकै चर्चामा छिन् । भने यसअघि अरबाज खानसँगको सम्बन्ध विच्छेदका कारण पनि चर्चामा आइरहन्छन् । यसका साथै मलाइका आफुभन्दा निकै कम उमेरका अर्जुन कपुरसँगको प्रेम सम्बन्धका कारण पनि चर्चामा आइरहन्छिन् ।

मलाइका अरोडाले लकडाउनको समयमा आफ्ना निकै आर्कषक तस्वीहरु शेयर गरिसकेकि छन् । कहिले उनि खाना पकाउँदै गरेको देखिन्छन भने कहिले घरमै ब्यूटी ट्रीटमेन्ट लिदै गरेकी देखिन्छन् ।

उनले भर्खरै आफ्नो एक निकै नजिकको फोटो शेयर गरिन जुन फोटोको समाजिक संजालमा निकै तारिफ गरिदैछ । मलाइकाले भर्खरै चार फोटो शेयर गरेकी छन् । एजेन्सीको सहयोगमा मीरा साउँद

 

प्रतिक्रिया