अनमोलको स्टारडम फ्लप– ६ दिनमै क्यूएफएक्ससहितका मल्टिप्लेक्सबाट हट्यो ‘छड्के २
नेपालखोज
२०७९ फागुन २४ गते १२:०३

काठमाडौं । अनमोल केसीको प्रमुख भूमिका रहेको ग्याङस्टर ड्रामा ‘छड्के २’ प्रदर्शनको ६ दिनमै क्यूएफएक्ससहितका मल्टिप्लेक्सबाट हटेको छ । वितरक सुनिल मानन्धरले दर्शक नै नआएपछि हलबाट फिल्म हटाइएको जानकारी पाएको बताएका छन् ।
वितरक मानन्धरका अनुसार फिल्मको पाँचदिने कमाइ ३० लाखभन्दा कम छ । तीन करोड रुपैयाँ बजेटमा निर्माण भएको फिल्ममा आफूले डेढ करोड लगानी गरेको र त्यो डुबेको उनले बताए । नायक र स्टारडम हेरेर पैसा लगानी गर्नेहरुलाई ‘छड्के २’को असफलताले सतर्क बनाएको उनकाे भनाइ छ ।
निगम श्रेष्ठ निर्देशित उक्त फिल्मले ओपनिङमै फिल्मको अकुपेन्सी पाँच प्रतिशत हाराहारीमा मात्रै थियो । फिल्मलाई प्रशान्त गिरी र देवकुमार श्रेष्ठले निर्माण गरेका हुन् भने अनमोलले यो फिल्मबाट ५० लाख रुपैयाँ पारिश्रमिक लिएको जनाइएको थियो ।
सम्बन्धित
प्रतिक्रिया