शनिबार, असार ७, २०८२

रास्वपाले राष्ट्रपति निर्वाचनबारे बिहीबार मात्रै निर्णय लिने

नेपालखोज २०७९ फागुन २४ गते १२:११

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति निर्वाचनबारे बिहीबार मात्रै निर्णय लिने भएको छ ।

राष्ट्रपति निर्वाचनको सन्दर्भमा पार्टीले भोलि बिहान बैठक बसेर आवश्यक निर्णय गर्ने पार्टीका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिएका छन्।

राष्ट्रपतिको निर्वाचनको मतदान बिहीबार बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने तय भएको छ। राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार रहेका छन्।

प्रतिक्रिया