ओलीले नेपाललाई भेटेर दिए समवेदना
नेपालखोज
२०७९ फागुन २४ गते १६:१०

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाललाई भेटेका छन् । नेपालका भाई सरोजकुमारको शनिवार निधन भएको घटनामा सवेदना दिन बुधबार ओली नेपाललाई भेटन पुगेका हुन् ।
उनले किरिया पुत्री भवनमा पुगेर घटनाप्रति दुःख व्यक्त गर्दै नेपाललाई समवेदना दिएका छन् । उपाध्यायको शंखमुलस्थित एक रेस्टुरेन्टको छैटौँ तलाबाट खसेर निधन भएको थियो ।
सम्बन्धित

प्रतिक्रिया