महिलाहरुको संघर्षका कारण परिवर्तन सम्भव : उपेन्द्र यादव

नेपालखोज २०७९ फागुन २४ गते १७:२९

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले महिलाहरुको संघर्षका कारण परिवर्तन सम्भव भएको बताएका छन् । समाजवादी ट्रेड युनियन महासंघ, महिला समितिले आयोजना गरेको ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

राजनीतिक रुपमा परिवर्तन देखिए पनि आर्थिक, सामाजिक र साँस्कृतिक रुपमा विद्यमान विभेद र असमानताको अन्त्य गर्न महिलाहरु थप सशक्त र जागरुक भएर अगाडि बढ्नुपर्ने आजको आवश्यक्ता रहेको अध्यक्ष यादवले बताए । कार्यक्रममा पार्टीका कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारी, सुशिला श्रेष्ठ, समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष अर्जुन लम्साल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रचार विभाग प्रमुख पूर्ण बस्नेत, राजनीतिक समिति सदस्यहरु प्रेमनारायण थापा,राजन केसी,रेखा यादव,लिला सिटौला र केन्द्रीय सदस्यहरु प्रचण्ड पौडेल,अम्बिका काफ्ले, किरण कुमारी साह लगायतको उपस्थिति रहेको थियो ।

महिला समितिका अध्यक्ष सोनाम लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कल्पना राईले गरेकी थिइन भने स्वागत मन्तव्य विमला घिमिरेले दिएकी थिइन । महासंघको सभा हलमा सम्पन्न कार्यक्रममा आयोजकको तर्फबाट पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

प्रतिक्रिया