सत्य निरुपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक संसदमा दर्ता गर्ने सरकारको निर्णय
नेपालखोज
२०७९ फागुन २५ गते ९:२७

काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक आज संसदमा दर्ता गर्ने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो ।
यस्तै बैठकले फलफूल, तरकारी र खाद्यजन्य वस्तुको विषादी परीक्षण सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्को विषयगत समितिमा पठाउने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया