राष्ट्रपतिका उम्मेदवार नेम्वाङद्वारा मतदान
नेपालखोज
२०७९ फागुन २५ गते १०:५१

काठमाडौं । राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले मतदान गरेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको मतदान केन्द्रमा उहाँले केहीबेर अघि मतदान गरेका हुन् ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले आफू राष्ट्रपतिमा निर्वाचित भएमा जनताको अभिभावकको रुपमा काम गर्ने बताए । उनले निर्वाचित भएमा जनतालाई सास्ती दिने गतिविधि नगर्नेसमेत उनले प्रतिबद्धता जनाए ।
उनले भने, ‘राष्ट्रपतिमा निर्वाचित भएपछि मैले सवारीको नाममा जनतालाई सास्ती दिने छैन । सडकमा सवारी जाम तथा हवाई यात्राका क्रममा आकाशमा हवाई उडान प्रभावित हुने काम मेरो कार्यकालमा हुने छैन । जनतालाई सास्ती हैन, अभिभावकको महसुस गराउनेछु ।’
सम्बन्धित
प्रतिक्रिया