मंगलबार, जेठ १, २०८१

शान्ति काव्य प्रवाहको ९० औँ श्रृखला सम्पन्न

नेपालखोज २०७९ फागुन २५ गते १६:३५

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले शान्ति काव्य प्रवाहको ९० औँ कार्यक्रम सम्पन्न गरेको छ । मासिक रुपमा आयोजना गर्दै आइएको कार्यक्रम विहिबार काठमाडौंमा सम्पन्न गरिएको हो । शान्ति काव्य प्रवाहमा कविहरुले महिला अधिकार लगायत समसामयिक सन्दर्भमा केन्द्रीत रहि आफ्नो रचना प्रस्तुत गरेका थिए ।

शान्ति समाजका सभापति रामकृष्ण बरालको सभापतित्वमा सम्पन्न शान्ति काव्य प्रवाहमा मेनका पोखरेल, ऋचा, शारदा पराजुली, दुर्गाकिरण तिवारी, शान्ति न्यौपाने रिसाल, विमला दाहाल, प्रिति कौर, कुसुम शर्मा, उर्मिला पन्त पाण्डेय, भाग्यशाली अधिकारी सहभागी थिए ।

त्यस्तै, रत्ननीधि रेग्मी शुक्राचार्य, जीवन अधिकारी, त्रिभुवनचन्द्र वाग्ले, जसध्वज गुरुङ, रुद्र अधिकारी, भुवन शिवाकोटी, मुकुन्द न्यौपाने, राजेन्द्रप्रसाद ढुंगाना, निर्मल पराजुली, जनार्दन अधिकारीसहित २१ जना स्रष्टाहरुको पनि सहभागिता रहेको समाजका कार्यक्रम अधिकृत सरिता पौडेलले जानकारी दिए ।

प्रतिक्रिया