आचार्य चाणक्यले बताएको मानिसको गोप्य धन !

चाणक्यले भनेका छन् कि यदि मानिससँग पैसा छ भने ठूला चुनौतीहरु पनि पार गर्न सकिन्छ उनले यस्तो गोप्य सम्पत्तिका बारेमा पनि बताएका छन् जुन बाँड्दा बढ्छ । यदि कसैसँग त्यस्तो गोप्य सम्पत्ति छ भने उसले आफ्नो जीवनको सबै मनोकामना पूरा गर्न सक्छ । आचार्य चाणक्यले कुरा गरेको गोप्य धके हो त ?
कामधेनुगुना विद्या ह्यकाले फलदायिनी.
प्रवासे मातृसदृशी विद्या गुप्तं धनं स्मृतम्॥
आचार्य चाणक्यले विद्यामा कामधेनुको गुण रहेको बताएका छन् । यसले समयमै फल दिन्छ । विदेशमा आमाले जस्तै रक्षा गर्ने र राम्रो गर्ने शिक्षा नै हो । त्यसैले ज्ञान – विद्या – सिपलाई गोप्य धन भनिन्छ ।
ज्ञानद्वारा सबै मनोकामना पूरा गर्न सकिन्छ । आचार्य चाणक्यले विद्यालाई कामधेनु भनेका छन् । यसको अर्थ मानिसको सबै मनोकामना पूरा गर्न सक्षम हुनु हो । यसबाट देश र समय अनुसार सम्भव नहुने फल पनि प्राप्त गर्न सकिन्छ । शिक्षाका कारण विदेशमा मानिसको इज्जत हुन्छ । जसरी आमाले आफ्नो सन्तानको रक्षा गर्छिन् त्यसरी नै शिक्षाले विदेशमा बस्ने व्यक्तिको रक्षा गर्छ । एउटा भनाइ पनि छ – विद्वान सर्वत्र पूज्यते ।
ज्ञानलाई आफैमा सीमित गर्नु ठीक होइन : आचार्य चाणक्यले ज्ञानलाई आफूमा मात्र सीमित राख्नु ठीक नभएको बताएका छन् । यसलाई सेय गरे समाजलाई पनि फाइदा हुन्छ । व्यक्ति शिक्षित हुँदा उ सँगै धेरै पुस्ताको कल्याण हुन्छ । ज्ञान बाँडियो भने बढ्दै जान्छ। यसले प्रतिष्ठा पनि बढाउँछ ।
प्रतिक्रिया