बुधबार, वैशाख १९, २०८१

बिहे गरेर छुट्टाछुट्टै बस्दा कस्तो फाइदा ? जापानमा छ यस्तो अभ्यास

नेपालखोज २०७९ फागुन २६ गते ७:५०

विश्वमा बिहे गरेर छुट्टाछुट्टै बस्ने संस्कृतिको विकास हुदैँछ भन्दा विश्वास नलाग्न सक्छ ।

नेपालमा विहेपछि सँगै बस्नुपर्छ भन्ने मान्यता छ । छुट्टाछुट्टै बस्ने भनेको की सम्बन्ध विच्छेद हुनुपर्छ की काम विशेषले स्थान फरक हुनुपर्छ । श्रीमान श्रीमतीको सम्बन्धकै रुपमा छुट्टाछुट्टै बस्ने अभ्यास नेपालमा छैन् । तर जापानमा धेरै विवाहित जोडीहरू छुट्टाछुट्टै बस्ने संस्कृति मौलाउँदैछ ।

यस्तो वैवाहिक सम्बन्धमा श्रीमान् र श्रीमती आआफ्नो घरमा बस्छन् र आफ्नै रुचिअनुसारको जीवनशैली अङ्गीकार गर्छन् । जस्ले एकअर्कामा सम्मान भाव बृद्धि गर्ने, स्वतन्त्र रुपमा जीवनशैली निर्माण गर्न सकिने, आर्थिक सबलीकरणमा मजबुत हुने जस्ता कारण पहिचान गरिएको छ ।

बीबीसीको रिर्पोटमा उल्लेख भएअनुसार उनीहरु सहबासको हप्ताको २–३ पटक भेट गर्छन् । एकअर्काको निवासमा रात विताउँदैनन् । बेग्लाबेग्लै बस्दा स्वतन्त्रता महसुस गर्छन् । जुन सँगै बस्दा नहुन पनि सक्छ । तनावबाट मुक्त हुन्छन् । आफ्नो काममा दत्तचित्त हुन्छन् । जापानीजहरु आफ्नो विवाह अघिको जीवनशैली फेर्न नचाहने भएकाले पनि विहेपछि पनि छुट्टाछुट्टै बस्न आनन्द मान्दछन् ।

एकअर्कालाई दुख पर्दा उनीहरु एक ठाउँमा उभिन्छन् । विश्वासमा कुनै पनि नआउने अभ्यासरत जापानिजहरु बताउँछन् । जापानमा यस्तो प्रकारको सम्बन्धलाई ‘अलग्गै बस्ने विहे’ अर्थात ‘सप्ताहान्तको विहे’भन्ने गरिन्छ ।

बीबीसीको रिर्पोटमा आधारित

प्रतिक्रिया