उपराष्ट्रपतिको निर्वाचन : भाेलि उम्मेद्वारी मनोनयन
नेपालखोज
२०७९ फागुन २६ गते १२:०४

काठमाडौं । उपराष्ट्रपतिको निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ । सार्वजनिक कार्यतालिका अनुसार शनिबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेद्वारी मनोनयन दर्ताको समय तोकिएको छ ।
भोलि नै उम्मेदवारविरुद्ध उजुरी दिन सकिनेछ । यसका लागि २ देखि ३ बजेसम्मको समय तोकिएको छ ।
२८ गते उजुरीउपर जाँचबुझ गरि निर्णय लिइने तथा चैत ३ गते मतदान हुनेछ । मतदान बिहान १० बजेदखि दिउँसो ३ बजेसम्म हुने आयोगले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया