ओलीको व्यङ्ग्य : नियम तोडेर जितेको कुरा स्थायी हुँदैन्
नेपालखोज
२०७९ फागुन २६ गते १४:४९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नियम तोडेर जितेको कुरा स्थायी नहुने टिप्पणी गरेका छन् ।
नेपाल खेलकुद महासंघका नवनिर्वाचित केन्द्रीय कमिटीको सपथ ग्रहण समारोहमा बोल्दै उनले निमय तोडेर हुने चलखेलले समस्या बढेको बताए ।
‘आज सपथ व्यवहार गर्नेको लागि हो । सपथ आजकल कर्मकाण्ड जस्तो भएको छ। पार्टीको सपथ लिन्छन् र पार्टी विपरित कार्यहरु गर्छन् । नियम ताडेर जितेको कुरा अस्थाई हुन्छन् स्थायी हुँदैनन् । चलखेल गरेर कहीं पुग्दैनौं हामी खेल मात्र खेल्छौं। चल र खेल मिलेर अर्कै शब्द बन्छ ।’ उनले भने ।
जीवन जीउनको लागि खेल खेल्न आवश्यक भएको भन्दै उनले विधि र प्रकृया भन्दै प्रतिकृयावादीको पछि लागेर दुई तिहाईको सरकार बिगारेको बताए ।
सम्बन्धित
प्रतिक्रिया