मंगलबार, असार १०, २०८२

आगलागीबाट धनमाल जलेर नष्ट

नेपालखोज २०७९ फागुन २६ गते १७:०२

काठमाडौं । आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको छ ।

उदयपुरको रौतामाई गाउँपालिका–५ डुडे बस्ने मान बहादुर कटुवालको रौता राकुली कृषि तथा पशुपन्छी फर्ममा विद्युत सर्ट भई आगलागी हुँदा बाख्रा, खसि, बोका र पाठापाठीसहित फर्म पूर्ण रूपमा जलेर करिब ४४ लाख ६ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यससम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया