पीएनजीसँग यूएई पराजित

नेपालखोज २०७९ फागुन २६ गते १७:३६

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम शृंखलाको आफ्नो पहिलो खेलमा पपुवा न्युगिनीसँग ५६ रनले पराजित भएको छ । त्यससँगै यूएईको एकदिवशीय मान्यता खतरामा परेको छ ।

लिग टूको शीर्ष पाँचभित्र रहेर एकदिवशीय मान्यता जोगाउन यूएईले शृंखलामा बाँकी तीनै खेल जित्नुपर्छ । यूएईको ३३ खेलबाट ३१ अंक छ । पूरै ३६ खेल खेलिसकेको अमेरिकाको ३५ अंक छ । यूएईले दुई खेल जितेमा अमेरिकासँग अंक बराबर हुन्छ । तर, हेड टू हेडमा अमेरिका अगाडि हुने भएकाले शीर्ष पाँचमा हुने सम्भावना कम हुनसक्छ ।

३३ खेलबाट नेपालको ३४ अंक छ । एकदिवशीय मान्यता जोगाउन नेपाललाई शृंखलाको बाँकी तीनमध्ये कम्तिमा १ जित आवश्यक हुनेछ । ३४ खेलबाट ११ अंक बनाएको पीएनजीको भने एकदिवशीय मान्यता गुम्ने निश्चित भइसकेको छ ।

लिग टूमा शीर्ष तीन टोलीले एकदिवशीय विश्वकपको ग्लोवल छनोटमा सिधा स्थान बनााउनेछन् भने शीर्ष पाँचमा रहने टिमले एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्नेछन् । अन्तिम दुई स्थानमा रहने टिमलाई एकदिवशीय मान्यता फर्काउने अर्को अवसर भने हुनेछ ।

प्रतिक्रिया