राष्ट्रपति निर्वाचित भएपछि रामचन्द्र पौडेलले दिए धन्यवाद
नेपालखोज
२०७९ फागुन २६ गते १९:३०

काठमाडाैँ । बिहीबार राष्ट्रपतिमा निर्वाचित भएपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आभार व्यक्त गरेका छन् ।
बिहीबार राति उनले एक विज्ञप्ति जारी गर्दै आफूलाई मतदान गर्ने मतदाताप्रति आभार व्यक्त गरेका हुन् ।
उनले आफ्ना सबै शुभेच्छुक तथा सहयोगी मनप्रति धन्यवाद पनि व्यक्त गरेका छन् ।
त्यस्तै राष्ट्रपति पदको प्रतिस्पर्धामा रहेका पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको दल तथा मतदातालाई पनि हार्दिक सम्मान गर्न चाहेको उनले बताएका छन् ।
सम्बन्धित
प्रतिक्रिया