एमालेले सचिवालय बैठक ९ बजे बस्दै

नेपालखोज २०७९ फागुन २७ गते ६:३३

काठमाडाैं । नेकपा (एमाले)ले सचिवालय बैठक डाँकेको छ । आज बिहान साढे ९ बजे ललितपुरको च्यासलस्थित पार्टी मूख्यलयमा बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भिष्म अधिकारीले जानकारी दिए ।

उनका अनुसार बैठकमा समसामयिक राजनीतिक, उपराष्ट्रपति निर्वाचन बिषयमा छलफल गरिनेछ । आज नै उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता हुने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया