मंगलबार, वैशाख ३०, २०८२

अमेरिकाको सिलिकन भ्याली बैंकमा तालाबन्दी, बैंकिङ संकट गहिरिने संकेत ?

नेपालखोज २०७९ फागुन २७ गते १२:०५

काठमाडाैं । क्यालिफोर्नियाका बैंकिङ नियामकहरूले वित्तीय संकटले घेरिएको सिलिकन भ्याली बैंक बन्द गरेका छन् । यसपछि अमेरिकामा फेरि एकपटक ठूलो बैंकिङ संकट उत्पन्न हुने देखिएको छ । समाचार एजेन्सी एएफपीका अनुसार सिलिकन भ्याली बैंक (SVB) सन् २००८ को आर्थिक मन्दीपछि बन्द हुने सबैभन्दा ठूलो बैंक हो ।

नियामकले फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशन (FDIC) रिसीभर नियुक्त गरेको छ, जसले यो विषयमा अगाडिको प्रक्रिया अगाडि बढाउने छ । यसअघि प्रि-मार्केट कारोबारमा ६६ प्रतिशतले गिरावट आएपछि बैंकको शेयर कारोवार रोकिएको थियो ।

प्राविधिक कम्पनीहरूलाई कर्जा दिने एसभीबी बन्द भएको घोषणासँगै विश्व बजारमा अस्थिरता देखिएको छ र थुप्रै बैंकको सेयर घटेको छ ।

यद्यपि शुक्रबार बिहान अमेरिकाका केही ठूला बैंकको सेयरको अवस्थामा केही सुधार आएको छ । एसभिबी यो वर्ष बन्द हुने पहिलो एफडीआईसी बीमा संस्था हो । अल्मेना स्टेट बैंक साढे दुई वर्ष अघि २३ अक्टोबर २०२० मा बन्द भएको थियो।

प्रतिक्रिया