उपराष्ट्रपति पदमा चारजनाको उम्मेद्वारी
नेपालखोज
२०७९ फागुन २७ गते १४:२२

काठमाडाैं । उपराष्ट्रपति पदमा चारजनाको उम्मेद्वारी दर्ता भएको छ । जसमा आठदलीय गठबन्धनको तर्फबाट एकल उम्मेद्वार नभएपछि तीनजनाको उम्मेदवारी परेको छ ।
गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा)बाटै दुईजनाको उम्मेद्वारी परेको छ । जसपाबाट नेतृ प्रमिला यादव र नेता राम सहायप्रसाद यादवको उम्मेद्वारी परेको छ । यस्तै, नेकपा (एमाले)बाट अष्टलक्ष्मी शाक्यले उम्मेद्वारी दिएकी छन् भने जनमत पार्टीबाट ममता झाले उम्मेद्वारी दर्ता गरेकी छन् ।
सम्बन्धित
प्रतिक्रिया