सीके राउत भन्छन्- उपराष्ट्रपतिमा उम्मेद्वारी फिर्ता हुँदैन

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले उपराष्ट्रपतिमा उम्मेद्वारी फिर्ता नहुने बताएका छन् । संसद् भवनमा पत्रकारहरूसँग कुरा गर्दै राउतले सकभर सहमति हुने नभए मित्रवत् प्रतिष्पर्धा हुने बताए ।
उनले आफ्ना पार्टीका उम्मेद्वारको पक्षमा सहमति हुनेमा आफू आशावादी रहेको बताए । ‘हामीले गठबन्धनको निर्णय अनुसार नै मनोनयन दर्ता गराएका हौं । साझा उम्मेदवारको विषयमा हामी छलफलकै क्रममा रहेका छौँ । हाम्रै उम्मेदवारको पक्षमा सहमति हुनेमा आसावादी छौँ । सहमति नभए आफूहरूले दर्ता गराएको मनोनयन फिर्ता हुँदैन ।’
जनमत पार्टीका अध्यक्ष राउतले झालाई जनमत, लोसपा, नागरिक उन्मुक्तिलगायत अन्य पार्टीको समर्थन रहेको बताए । अध्यक्ष राउतका अनुसार राष्ट्रपति पुरुष भएपछि उपराष्ट्रपति महिला हुनुपर्ने प्रावधान संविधानमा नै उल्लेख भएकाले झालाई महिला उम्मेदवार बनाउने विषयमा सत्तारुढ दलकाबीच सहमति भएको थियो।
प्रतिक्रिया