चाैबीस घण्टामा ७ जनामा काेराना संक्रमण
नेपालखोज
२०७९ फागुन २७ गते १७:१०

काठमाडौं । पछिल्लाे चाैबीस घण्टामा नेपालमा काेराेनाका ७ जना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घन्टामा गरिएको ६ सयजनाको नमूना परीक्षणमा ७ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयको विवरणअनुसार हाल देशभर जम्मा १२ जना कोभिडका सक्रिय संक्रमित रहेका छन् । हाल नेपालमा कोभिड संक्रमणमुक्त हुने दर ९८ प्रतिशतभन्दा धेरै रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया