अपाङ्गताविरुद्ध भेदभाव गरेको महसुस गर्छन् ९० प्रतिशत जापानी

टोकियो । जापानका करिब ९० प्रतिशत मानिसहरूले अपाङ्गता भएका व्यक्तिहरूप्रति पूर्वाग्रह र भेदभाव अझै कायमै रहेको विश्वास गर्ने गरेको हालैको एक सरकारी सर्वेक्षणले देखाएको छ ।
सन् २०२१ मा भएको टोकियो पारालिम्पिक्सका बाबजुद करिब ८८.५ प्रतिशत उत्तरदाताले यी व्यक्तिहरूप्रति पूर्ण वा आंशिकरूपमा पूर्वाग्रह ‘विद्यमान’ रहेको बताएका थिए ।
गत वर्ष गरिएको सर्वेक्षणको यो आँकडा ८३.९ प्रतिशत उत्तरदाताले अपाङ्गता भएका व्यक्तिहरूविरुद्ध भेदभावलाई निषेध गर्ने कानुन लागु भएको एक वर्षपछि सन् २०१७ मा गरिएको अघिल्लो सर्वेक्षणसँग तुलना गर्दै प्रतिक्रिया दिएका थिए ।
सन् २०२१ मा संशोधित गरिएको उक्त कानुनले निजी व्यवसायलाई अपाङ्गता भएका व्यक्तिहरूका लागि उचित आवासको व्यवस्था गर्न आवश्यक थियो । उक्त कानुनले ढलान गरिएको प्रवेश बिन्दुहरूको साथ ह्विलचेयर प्रदान गर्ने र श्रवण अशक्तता भएकाहरूका लागि लिखित सञ्चार प्रदान गर्ने जस्ता नीतिहरू लागु गरेको थियो ।
तर, २४ प्रतिशत उत्तरदाताले मात्र आफूलाई कानुनबारे जानकारी भएको बताएका छन् भने ७४.६ प्रतिशतले नकारात्मक जवाफ दिएका छन् ।
सन् २०२२ को नोभेम्बर र डिसेम्बरमा गरिएको सर्वेक्षणमा पक्षपात र भेदभावको अनुभव गर्नेहरूमा विगत पाँच वर्षको तुलनामा केही सुधार भएको छ कि भनेर सोधिएको प्रश्नमा कूल ५८.९ प्रतिशत उत्तरदाताले ‘हो’ भन्ने जवाफ दिए भने ४०.४ प्रतिशतले ‘होइन’ भने ।
यो सर्वेक्षण मेलमार्फत गरिएको थियो । र, यसमा १८ वर्ष वा सोभन्दा बढी उमेरका तीन हजार व्यक्तिहरूलाई प्रश्नावली पठाइएको थियो । यसमध्ये एक हजार ७६५ ले वैध प्रतिक्रिया दिएका थिए । सन् २०१७ मा गरिएको सर्वेक्षणमा भने व्यक्तिगत अन्तर्वार्ताको प्रयोग गरिएको थियो । रासस/सिन्ह्वा
प्रतिक्रिया