ग्याष्ट्रिक कारक खानेकुराहरू

जीवनको कुनै न कुनै कालखण्डमा अम्लपित्त बढ्ने समस्याबाट तपाई हामी सबै ग्रसितभएकै हुनुपर्छ । मुखमाअमिलो पानीउलुकउलुकआउने, पेटको माथील्लो भाग र छातीको तत्लो भागमाहल्कादुख्ने, छाती पोल्नेहरू जस्ता लक्षण देखिने यो रोग पेटको हाईड्रोक्लोरिक एसिड खानानलीहुदै मुखतिर उक्लिदा देखापर्ने गर्दछ।
हाम्रो खानपान र जीवनशैली संग सम्बन्धित यो रोग अम्लकारक खानेकुराहरूको सेवनले गर्दा हुने गर्दछ । खानपानमापहरेज र जीवनशैलीमा सुधार नै यस रोगको मूख्यउपचार हो ।
तारे भूटेको खानेकुरा
उच्चमात्रामा तेल हालेर तारे भुटेका खानेकुराहरूको सेवनले अम्लपित्तको जोखिम बढाउदछ।तारे भूटेका खानेकुराहरूमाउच्चमात्रामा तेल हालिएको हुँदाचिल्लो पदार्थले तल्लो इशोफेजियल स्फिनेक्टरलाई शिथिल गराएर पेटमा भएको हाईड्रोक्लोरिक एसिड अन्ननलीतिर आउदाअम्लपित्तको समस्या देखा पर्दछ। यसै गरि चिल्लो खानेकुराले कोलेसिष्टोकाईनिननामकहारमोनको उत्सर्जन गराउने र यो हारमोनले तल्लो इशोफेजियल स्फिनेक्टरलाई शिथिलगरिदिन्छ र अम्लपित्त गराउदछ।
सशेज
माशुलाई प्रशोधनगरि उच्चमात्रामानुन, तेल, मशालाहालेर बनाईएको रोललाई सशेज भनिन्छ। सशेजमाहालीएको नुन, तेल, मसलाउच्चअम्लपित्त कारक छन्। यीखानेकुराहरूको सेवनले तल्लो इशोफेजियल स्फिनेक्टरलाई शिथिलगरिदिने, एसिड उत्पादनलाई बढाउने र पेट एवं अन्ननलीमाजलन पैदा गर्ने हुँदा अम्लपित्त बढ्दछ।
मसलादार खानेकुराहरू
मसलाहरू उसै त पेटको स्वास्थ्यको लागिअत्यन्त राम्रो मानिन्छन तर जब मसलालाई तेलमापकाउने, तार्ने र भुट्ने गरिन्छ त अम्लपित्त कारक बन्दछ। मसलामाक्यापसाईसिननामकतत्वपाईन्छ जसलाई अम्लपित्त कारक तत्वमानिएको छ।
चकलेट : चकलेटकोे पनि अम्लपित्त कारक खानेकुरा हो। यसको सेवनपश्चातपनितल्लो ईशोफजियल स्फीनेक्टर शिथिलहुने र आमशयको एसिड अन्ननलीतिर आउने हूँदाअम्लपित्त बढ्ने गर्दछ।यसै गरि चकलेटमा बन्ने कोकामाखुशीकारक हारमोन सेरोटोनिन, थियमेब्रोमाईन र क्याफिन जस्ता तत्वहुने हुदायीतत्वहरूले पनितल्लो ईशोफजियल स्फीनेक्टरलाई शिथिलबनाईदिन्छ र अम्लपित्त गराउदछ।
अमिला फलफूल
कागती, अङ्गूर, निबुवा, सून्तला, भोगटे, बयर जस्ता अम्लियफलफूलका सेवनगर्दा पनिअम्लपित्त बढ्दछ।
खोर्सानी
खोर्सानीको सेवनगर्दा पनिअम्लपित्तको समस्याहुने गर्दछ। खोर्सानीआफैमा तक्ष्ण प्रकृतिको खानेकुरा भएले एसको सेवनपश्चात पेटमा जलन, एसिडिटी र अपच अजिर्णताको समस्याहुने गर्दछ ।
नुन
धेरै नुनहालीएको खानेकुरा हरूको सेवनले पनिअम्लपित्त बढ्दछ।
प्याज
काँचोप्याको सेवनले पनिअम्लपित्त बढ्दछ भने प्याजहालेर तारे भूटेका खानेकुरा हरूको सेवनगर्ने गर्दा अम्लपित्त बढ्दछ।प्याजले अम्लपित्त गराउनुमायसमाविद्यमानफर्मेन्टेवल रेशालाई जिम्मेदार ठह¥याईएको छ। (लेखक भरतपुर–१ वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथाप्राकृतिकचिकित्सालयको मेडिकल डाईरेक्टर हुन्।)

डा. हेमराज कोइराला
डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।
प्रतिक्रिया