पिएनजीले दियो नेपाललाई ९६ रनको लक्ष्य

काठमाडाैं । पपुवा न्युगिनी ( पिएनजी) ले आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा नेपालसामू ९६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पिएनजीले ३२ ओभरमा सबै विकेट गुमाउँदै ९५ रनको बनाएकाे छ ।
पिएनजीका लागि कप्तान असाद भालाले २०, सेसे बाउले १८, चार्ल्स अमिनीले १६ र हिरी हिरीले १४ रन जोडे ।
नेपालका लागि सन्दीप लामिछानेले पाँच, ललितनारायण राजवंशी र कुशल मल्लले समान दुई तथा सोमपाल कामीले एक विकेट लिए ।
३४ खेलमा ३६ अंक जोडेको नेपाल चौथो स्थानमा छ । बाँकी दुई खेलमा स्पष्ट चार अंक जोडेमा नेपालले तेस्रो स्थान पक्का गर्दै विश्वकप छनोटको खेल्ने पक्का गर्नेछ । तेस्रो स्थानको नामिबियाको ३६ खेलमा ३९ अंक छ । नेपालको हारले भने नामिबियाको विश्वकप टिकट पक्का हुनेछ ।
छैटौं स्थानमा रहेको युएईको ३४ खेलमा ३१ अंक छ भने सातौं स्थानको पपुवा न्युगिनीको समान खेलमा ११ अंक छ । ५० अंकसहित शीर्ष स्थानमा रहेको स्कटल्यान्ड र ४४ अंकसहित दोस्रो स्थानमा रहेको ओमानले भने विश्वकप छनोट खेल्ने पक्का गरिसकेका छन् ।
प्रतिक्रिया