नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ ग्रहण सुरु
नेपालखोज
२०७९ फागुन २९ गते १३:१५

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथ ग्रहण समारोह सुरु भएको छ । पौडेल यहि फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।
शीतलनिवासमा आयोजित समारोहमा कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ खुवाउने छन् ।
शपथ ग्रहण समारोहमा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, संवैधानिक आयोगका प्रमुखहरु, मन्त्री, सांसद, कूटनीतिक नियोगका प्रतिनिधि लगायत सहभागी छन् ।
सम्बन्धित
प्रतिक्रिया